हाम्रा सेवाहरु

· बजेट खर्च गर्ने अख्तियारी तथा स्वीकृत कार्यक्रम अनुसारका कार्यहरु सम्पादन गर्न सम्बन्धित कार्यालयको अनुरोधमा एकघण्टा भित्र चेक तयार गर्ने ।

· सरकारी कार्यालयहरुमा प्राप्त लगती एवं हसवली राजस्व रकमको कार्यालयगत र शर्ीष्ाकगत आम्दानी बाध्नुको साथै मासिक तथा वाषिर्क आर्थिक विवरण तयार गरी तालुक कार्यालयहरुमा पठाउने ।

· सरकारी कारोबारसंग सम्बन्धित धरौटी रकमको कार्यालयगत आम्दानी जनाउनुको साथै कार्यालयको अनुरोधमा भूक्तानी गरी सोको मासिक तथा वाषिर्क आर्थिक विवरण तयार गरी तालुक कार्यालयहरुमा पठाउने ।

· दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी वीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिने ।

· महालेखा नियन्त्रक कार्यालयको निर्देशनमा अर्थ बजेट अन्तरगत रकमान्तर एवं सेवा निवृत्त कर्मचारीहरुलाई औषधि उपचार खर्च र सञ्चित विदाको रकम भूक्तानी गर्ने ।

· सरकारी कार्यालयहरुमा हुने विनियोजन, राजस्व, धरौटी र कार्य सञ्चालन कोषको आम्दानी, खर्च तथा बचत रकमको आन्तरिक लेखापरीक्षण गरी सोको प्रतिवेदन दिई व्यबस्थापनलाई सहयोग गर्ने

· सरकारी कोषबाट तलव लिने सरकारी कर्मचारीहरुको प्रत्येक आर्थिक वर्षा वाषिर्क तलवी प्रतिवेदन विश्लेषण गरी पारित गर्ने ।

· सरकारी कर्मचारीहरुले खाईपाई आएको तलवी स्केल यकिन गरी मिलान गर्ने ।

· सेवा निवृत्त कर्मचारीहरुको पारिवारिक निवृत्तभरण अधिकारपत्र जारी गर्ने ।

· निवृत्तभरण पत्र हराएमा/झुत्रो भएमा/पाना सकिएमा प्रतिलिपी दिने ।

· वैंक खाता मार्फत निवृत्तभरण भुक्तानी दिन शिफारिस गर्ने ।